२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

राष्ट्रिय राजमार्ग बाहेक संघ मातहत रहेको पुल–सडक प्रदेशलाई हस्तान्तरण गरिँदै

राष्ट्रिय राजमार्ग बाहेक संघ मातहत रहेको पुल–सडक प्रदेशलाई हस्तान्तरण गरिँदै
अ अ+ अ-

काठमाडौँ । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई  प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।

मुलुक संघीय प्रणालीमा गएपछि संघ मातहत रहेका त्यस्ता सडक तथा पुलहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको थिएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले त्यस्ता पूर्वाधारलाई हस्तान्तरण निर्णय गरेको हो । राष्ट्रिय राजमार्ग भने संघ मातहत नै रहनेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले मर्मतसम्भार गर्दै आइरहेका राष्ट्रिय राजमार्ग बाहेकका सहायक मार्गमध्ये हाल कोशी, वागमती र सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी आफ्नो क्षेत्राधिकार रहने गरी प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको सञ्जाल कायम गरेको थियो । अन्य प्रदेशहरुबाट पनि यसै खालको तयारी भएको गरेपछि प्रदेशको क्षेत्राधिकारमा पर्ने सडकहरू चालु आ.व.२०८२/८३ देखि लागू हुनेगरी उक्त सडकहरूमा कार्यरत लेन्थवर्कर र सुपरभाइजरहरू सहित सम्बन्धित प्रदेशलाई स्वामित्व हस्तान्तरण गरिनेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले प्रदेश सरकारबाट अनुरोध भई आएको अवस्थामा चालु आर्थिक वर्षका लागि मात्र उक्त सडकहरू यसै वर्षभित्रै सम्पन्न तथा फरफारक गर्नेगरी सडक विभागबाटै मर्मत कार्य गर्ने र २०८२ असोज १ गतेदेखि अनिवार्य रुपमा उक्त सडकहरूमा कार्यरत लेन्थवर्कर र सुपरभाइजरहरूसहित उक्त सडकहरु सम्बन्धित प्रदेशको सडक पूर्वाधार संवद्ध मन्त्रालयमा हस्तान्तरण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

दाहालले भन्नुभयो–‘प्रदेशहरुले पनि आफ्ना राजमार्गहरु यी हाम्रा हुन भनेर राजपत्र प्रकाशित गरेको अवस्था छ । अहिलेसम्म ती कयौँ सडकहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेरिरहेको अवस्था भएकाले अब त्यसलाई क्लियर गर्नुपर्ने भएकाले यसमा भौतिक पूर्वाधार मन्त्रालयसम्बद्ध मन्त्रीसचिवलाई बोलाएर छलफल ग¥यौं । जतिपनि सबालहरु उठेका छन्, सबालहरु सम्बोधन गर्नेगरी एउटा टेक्नीकल कमिटि बनाएर हल गर्नेछौं ।’  

यस्तै, निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने तथा स्थानीय सडक पुल निर्माण कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न पुलहरुको मर्मतसम्भार तथा संचालनका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने लगायतका विषयमा आवश्यक गृहकार्य गरी विषयगत समितिमा सिफारिस गर्न प्राविधिक समिति गठन गरिएको छ । मंगलवार सम्पन्न बैठकले असोज १ गतेदेखि अनिवार्य रुपमा ईम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय समेत गरेको छ । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।

निर्णयमा भनिएको छ–‘सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि गत जेष्ठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  सुरक्षण मुद्रण केन्द्रले २०८२ आषाढ मसान्त सम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन शुरू गर्नेगरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति गरिएकोमा भाद्र मसान्तभित्र यथाशिघ्र छपाइ शुरु गर्न केन्द्रलाई अनुरोध गर्ने  ।’

सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, वागमति प्रदेश  र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सुचारु गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ ।

बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरुपता कायम गर्ने, तथ्यांकहरुलाई डिजिटलाईज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजु फस्र्यौटलाई प्रभावकारी बनाउने, राईड शेयरिङ्बारे एकरुपता कायम गरी लागू गर्ने लगायतका निर्णय पनि गरेको छ ।