२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

धुलो र हिलो रहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामाः उपप्रधानमन्त्री पौडेल

धुलो र हिलो रहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामाः उपप्रधानमन्त्री पौडेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गर्नुभयो । उहाँले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताउनु भयो । उहाँले सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराउनु भयो । आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताउनु भयो । उहाँले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गर्नुभयो । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व—पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व—पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ । झापाको काँकडभित्तादेखि कञ्चपुरसम्म हामीले सडक स्तरोन्नति गर्दैछौँ । विभिन्न ठाउँमा काम शुरु भइरहेको छ । हामीले हुलाकी सडक लामो समयदेखि प्रतिक्षा गरिएको सडकको कामलाई निर्माण गरिरहेका छौँ । हामीले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग निर्माण गर्दैछौँ । त्यो लोकमार्ग पनि औषत स्तरको होइन, साँच्चिकै मध्यपहाडको यातायातको विकास गर्ने दृष्टिकोणले महत्व राख्ने सडकका रुमपा विकास गर्दैछौँ । शहरी पूर्वाधारहरुमा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ । शहरी पूर्वाधार, शहरमा धुलो र हिलो रहित सडक बनाउँछौँ । एउटा यस्तो समय थियो, सडकमा निस्किएपछि त्यहाँ कि त धुलो हुन्छ, कि त हिलो हुन्छ । धुलो बिनाको सडक, हिलो बिनाको सडक हुन्छ भनेर नेपालीले आफ्नो आँगनमा देख्न नपाउने अवस्था थियो । अब हामी सडक पूर्वाधारको सन्दर्भमा धुलोरहित र हिलो रहित सडकको परिकल्पना मात्रै गरिरहेका छैनौँ, त्यसलाई व्यवहारिक रुमपा सार्थक तुल्याउँदै छौँ । सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताउनु भयो । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताउनु भयो । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने बताउनु भयो ।