१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशमलाई लक्षित गर्दै रञ्जिताको कविता : अहंकारले बनाएको दरबार चुँडिन्छ



अ+ अ-

काठमाडौं । २०७९ सालको निर्वाचनमा अप्रत्यासित नतिजा हात पारेको नागरिक उन्मुक्ति पार्टीमा अहिले विवाद उत्कर्षमा पुगेको छ । कुनै पनि बेला दल विभाजन हुने जोखिममा छ ।

नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ । तर, रञ्जिताले पार्टीको आधिकारिक अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन् ।

रञ्जिता र उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरीबीच द्वन्द्व बढ्दा पार्टी फुटको स्थितिमा आइपुगेको हो ।

यसैबीच रञ्जिताले ‘नजिर’ शीर्षकमा एउटा कविता लेखेर फेसबूकमा पोस्ट गरेकी छन् । उनले यो कवितामा अहंकारले बनाएको दरबार चुडिँने तर्क गरेकी छन् ।

आफ्ना श्रीमान रेशम लक्षित यो कवितामा कस्तो त छ ?

‘’नजिर”

गलत नजिर बसायो जसले,

सत्यलाई कुहिरोमा लुकायो जसले —

एक दिन त्यो नाटकको पर्दा च्यातिन्छ,

र संचित पापको भारीले नै आफैँ झुकेको पाइन्छ ।

खन्दै थियो जो अरूका लागि खाल्डो,

उसैको पाइला डगमगाउँछ त्यहीँ

यो नियतिले कहिल्यै साथ दिँदैन,

अहंकारले बनाएको दरबार चुँडिन्छ, टिक्दैन ।

हामी त उभिएका छौँ विवेकको छायाँमा,

न आँधीले हल्लाउने, न लोभको मायामा ।

सत्ता त सधैं रहँदैन एउटै हातमा,

समय आफैँले लेख्छ फैसला, न्यायको रातमा ।

‘बिचरा’ भन्नुको पनि अर्थ गहिरो छ यहाँ,

त्यो शक्ति होइन, अन्तर्मनको गहिराइमा पया ।

जो पीडा बुझ्दैन, उ ठूला आसनमा भए पनि सानो छ,

तर जसले सहन गर्छ, ऊ नै असल इतिहासको गाथा बनाउने मानो हो ।