२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियमुक्ति पार्टीद्वारा ३१ पदाधिकारी चयन



अ+ अ-

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रियमुक्ति पार्टी नेपाल’ले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमिति तथा केन्द्रीय निकायको पदाधिकारी र सदस्य चयन गरेको जानकारी दिनुभएको हो ।

सो पार्टीले अध्यक्षमहतोसहित तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष, दुई प्रवक्ता, सात उपमहासचिव र सात सचिव चयन गरेको छ । त्यसैगरी केन्द्रीय अनुशासन, निर्वाचन, लेखापरीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा मलाकुमारी गुरुङ, रामनरेश राय यादव, सुमन सायमी र उपाध्यक्षमा कौसलकुमार सिंह, डा राजीवकुमार झा, राजेन्द्रप्रुाद पाठक र ओमप्रकाश यादव हुनुहुन्छ ।

त्यसैगरी महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार महतो र अनिलकुमार महासेठ हुनुहुन्छ भने कोषाध्यक्षमा नरेन्द्र बज्राचार्य चयन हुनुभएको विज्ञप्तीमार्फत जनाइएको छ । रासस