२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

टुंगो लाग्यो एमाले बिधान महाधिवेशनको एजेण्डा

टुंगो लाग्यो एमाले बिधान महाधिवेशनको एजेण्डा
अ अ+ अ-

काठमाडौं: नेकपा एमालेले बिधान महाधिवेशनमा चार मुख्य एजेण्डामा छलफल हुने टुंगो लगाएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुन गइरहेको बिधान महाधिवेशनका लागि चार एजेण्डा तय भएको हो ।

एमाले महासचिव शंकर पोखरेलले बिधान महाधिवेशन नीति निर्माण र बिधि स्थापित गर्ने गरी चार एजेण्डा तय भएको जानकारी दिनुभयो बिधान महाधिवेशनको तयारी र प्रचार योजनाका सन्दर्भमा केन्द्रीय प्रचार बिभागले मंगलवार आयोजना गरेको बैठकमा बोल्दै महासचिव पोखरेलले मुलत बिधि र पद्धती स्थापित गर्दै पार्टीलाई एक लयमा हिडाउने गरी योजना बनाइएको बताउनु भयो ।

महासचिव पोखरेलका अनुसार बिधान महाधिवेशनमा चार वटा एजेण्डा छन । जसमा राजनीतिक प्रतिवेदन, साँगठानिक प्रतिवेदन, बिधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार सल्लाहकार परिषद र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछन । यस्तै महाधिवेशनले समसामयिक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ ।

‘बिधान महाधिवेशनले अव हामी कसरी अघि बढने भन्ने पार्टीको नीति र बिधि बनाउँछ । राजनीतिक प्रतिवेदन र संगठन कसरी जान्छ भन्ने निर्धारणसहित संगठनात्मक प्रस्तावलाई पारित गर्छ । हामी आफूलाई कसरी सञ्चालन गर्छाैं भन्ने कुरा निर्धारण गरी बिधि निर्माण गर्छौं र केन्द्रीय निकायको प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गर्छाैं,’ बिधान महाधिवेशनको एजेण्डाबारे महासचिव पोखरेलले भन्नुभयो ।

यी हुन चार एजेण्डा

महाधिवेशनमा प्रस्तुत गर्ने बिधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रुप दिएर सुझावका लागि देशभर पठाएको छ । प्राप्त सुझावका आधारमा संयोजक उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ ।

यस्तै महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले साँगठानिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बा र सल्लाहकार परिषद सभापति अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ । एमाले बिधानमा केन्द्रीय निकायका रुपमा यिनै तीन आयोग र सल्लाहकार परिषद रहेको छ ।

प्रचार कार्ययोजना बनाउन कार्यदल गठन

एमालेको बिधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । त्यस्को तयारीका लागि एमालेले बिभिन्न उपसमिति बनाइसकेको छ । प्रचारका लागि केन्द्रीय प्रचार बिभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ ।

समितिमा बिभाग र प्रेस चौतारीका पदाधिकारीसहित नेकपा एमाले बागमति प्रदेश, जिफन्ट, युवा संघ, अनेरास्वबियु र नेपाल बौद्धिक परिषदका प्रचार बिभाग प्रमुख सदस्य रहेका छन । उपसमिति प्रमुख गौतमले प्रचारको काम अघि बढिसकेको भन्दै तीन दिनभित्र स्पष्ट कार्ययोजना पेश गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो ।

प्रमुख गौतमका अनुसार कार्यदलमा केन्द्रीय प्रचार बिभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, बिश्वमणि सुवेदी र जिफन्टका प्रचार बिभाग प्रमुख महेन्द्र श्रेष्ठ हुनुहुन्छ । कार्यदलले सम्मेलन स्थलमा मिडिया ब्यवस्थापनदेखि प्रचारका अन्य योजनाबारे सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।