२२ भाद्र २०८३, सोमबार
,
Latest
दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समन्वय समूह बनाइ वडा भन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताउनु भयो । बैठकले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ । हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक,उपसंयोजक, टोल सदस्यहरु त्यसरी हुन्छ । टोल समूहका संयोजक वडा परिषद्मा सदस्य हुनुहुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनुहुनेछ ।’

केन्द्रिय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रिय कार्यालयमा १ बजे बस्ने निर्णय समेत गरेको बताउनु भयो । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रुपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको बताउनु भयो ।