२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् सरकारका अन्य निर्णयहरु 

चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् सरकारका अन्य निर्णयहरु 
अ अ+ अ-

काठमाडौँ । सरकारले चुलु सुदूरपूर्व चुली हिमाल आरोहणका लागि खुला गरेको छ ।

साउन १८ गते बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउनुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले  चुली हिमाल आरोहणका लागि खुला गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनु भयो । उहाँकाअनुसार सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गरेको छ । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ ।

यस्ता छन् सरकारका निर्णयहरुः 

अरुण ३ जलविद्युत परियोजना विकासको लागि विकासकर्ता कम्पनी र नेपाल सरकार (लगानी बोर्ड) बीच भएको परियोजना विकास सम्झौता बमोजिम डा. पवनकुमार श्रेष्ठ, डा. पवन कुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषयविज्ञ रहेकाप्रोजेक्ट रिभ्यु प्यानल (पिआरपी)  गठन गर्ने, पिआरपी एग्रिमेण्ट स्वीकृत गर्ने र नेपाल सरकारको तर्फबाट उक्त एग्रिमेण्टमा हस्ताक्षर गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गर्ने ।
नेपालमा शोखी दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसिए नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसिसि फण्डिङ (नेपालको योगदानसमेत) बाट आर्जित आयमा आय वर्ष २०८२÷८३ को लागि आर्थिक ऐन,२०८२ को दफा १८ को उपदफा (१) बमोजिम आयकर छुट दिने । यसरी दिइएको छुटको जानकारी नेपाल राजपत्रमा प्रकाशन गरी सार्वजनिक गर्ने ।  नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच १४ सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको सहायता सम्झौताको धारा ३ को उपधारा ३.५ इम्प्लेमेण्टेशन लेटर मेसिनएसएमस टु इम्प्लेमेण्ट ट्याक्स एक्सिमसन अफ एमसीसी फण्डिङ विषयक कार्यान्वयन पत्र स्वीकृत गर्ने ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने ।
सहसचिवहरू श्री निर्मला अधिकारी भट्टराई (हाल कायममुकायम सचिव, सत्य निरुपण तथा मेलमिलाप आयोग र श्री इन्दिरा दहाल भट्टराईलाई नेपाल न्याय सेवाको राजपत्राङ्गित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी क्रमशः सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र नेपाल कानून आयोगको सचिव पदमां पदस्थापन गर्ने ।
२०८२ भदौ १० देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने मेन्टे भिजिट टु स्पेन, मलेसिया फर रेगुलेटरी रिफर्म इन नेपाल विषयक अनुभव आदान–प्रदान कार्यक्रममा खानेपानी मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति दिने ।
२०८२ असोज ६ देखि १७ गतेसम्म डेनमार्कको कोपेनहेगनमा आयोजना हुने युनाइटेड नेसन सिनियरनेशनल प्लानर्स कोर्स फर नेशनल प्लानर्स फ्रम ट्रप एण्ड पोलिस कन्ट्रिब्युसिङ कन्ट्रिज  विषयक कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सू चना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
नेपालमा द युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको कार्यालय स्थापना तथा सञ्चालन गर्नेसम्बन्धी संलग्न  लेटर्स अफ एक्सचेन्ज स्वीकृत गर्ने र नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरी उक्त आदानप्रदानपत्र युएनओपिएसमा पठाउन परराष्ट्र सचिवलाई अख्तियारी प्रदान गर्ने।
नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौँ जिल्ला साबिक थानकोट महादेवस्थान गा.वि.स. वडा नं. ८ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका ७ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रयोजनका लागि र वडा नं. २ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका ५ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माणको लागि चन्द्रागिरि नगरपालिका, काठमाडौँलाई उपयोग गर्न स्वीकृति दिने ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा श्री अनिलराज पौडेल, चितवनलाई नियुक्त गर्ने ।
युनाइटेड मेवा खोला हाईड्रोपावर लिमिटेडलाई ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाको वडा नं ३ मेवा खोला जलविद्युत आयोजनाको १३२ के.भि. प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय बनको ३.३७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
जलशक्ति हाइड्रो कम्पनी लि. लाई इलेप (तातोपानी) खोला जलविद्युत आयोजना निर्माणको लागि धादिङ्ग जिल्लाको रुविभ्याली गाउँपालिका वडा नं ४ मा रहेको राष्ट्रिय वनको ३.६३२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
२०८२ साउन २६ देखि २७ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने इह्वा इन्टरनेशनल वर्कसर्प अन क्लाइमेट इन्डुस्ड ल्याण्ड्स्लाइड एण्ड सस्टेनेबल रिकोभरी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा वि.क.लाई स्वीकृति प्रदान गर्ने ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (पाँचौ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
चुलु सुदूरपूर्व चुली हिमाल आरोहणका लागि खुला गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।
संयुक्त अरब इमिरेट्सको दुबईमा सञ्चालन हुने २८ औंयुपियु कंग्रेस कार्यक्रममा २०८२ भदौ २३ देखि २९ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने ।
राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गर्ने ।