२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलश्रोत विधेयकमा जलवायु परिवर्तनको विषयले स्थान पाउनुपर्छः सांसद शाक्य



अ+ अ-

काठमाडौँ । सांसदहरुले जलश्रोत विधेयक, २०८१ मा जलवायु परिवर्तनको विषय जोडिनुपर्ने माग गरेका छन् ।

मंगलवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले जलश्रोत विधेयकमा जलवायु परिवर्तनको विषय कतै न कतै उल्लेख गर्न माग गर्नुभएको हो । उहाँले यसले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्ने उल्लेख गर्नुभयो । विधेयकमा जलवायु परिवर्तन तथा वातावरण विज्ञान राखेर जान उचित हुने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जलश्रोत विधेयकमा जलवायु परिवर्तनको कहीँ न कतै उपस्थिति आवश्यक छ । कहीँ न कहीँ यसको उल्लेख हुनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले विधेयकमा विकास भनेर मात्रै राखिएको तर उर्जा विकास हो वा के विकास भन्नेबारेमा स्पष्ट नरहेको बताउनु भयो । उहाँले यसको स्पष्ट परिभाषा दिन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विकास भनेको के हो यसको परिभाषा चाहियो । परिभाषा पनि दिन नसक्ने कुराले अर्थ राख्दैन । विधेयकमा भित्र जेजे वस्तु राखिन्छ त्यसको सारसंक्षेप प्रश्तावना हो । भित्र छैन भने प्रश्तावनामा राखेर कुनै अर्थ हुँदैन ।’ 

समितिका अधिकांश सांसदहरुले विधेयकलाई प्रभावकारी बनाउने गरी निर्माण गर्नेपर्नेमा जोड दिएका छन् ।