१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलश्रोत विधेयकमा जलवायु परिवर्तनको विषयले स्थान पाउनुपर्छः सांसद शाक्य



अ+ अ-

काठमाडौँ । सांसदहरुले जलश्रोत विधेयक, २०८१ मा जलवायु परिवर्तनको विषय जोडिनुपर्ने माग गरेका छन् ।

मंगलवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले जलश्रोत विधेयकमा जलवायु परिवर्तनको विषय कतै न कतै उल्लेख गर्न माग गर्नुभएको हो । उहाँले यसले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्ने उल्लेख गर्नुभयो । विधेयकमा जलवायु परिवर्तन तथा वातावरण विज्ञान राखेर जान उचित हुने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जलश्रोत विधेयकमा जलवायु परिवर्तनको कहीँ न कतै उपस्थिति आवश्यक छ । कहीँ न कहीँ यसको उल्लेख हुनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले विधेयकमा विकास भनेर मात्रै राखिएको तर उर्जा विकास हो वा के विकास भन्नेबारेमा स्पष्ट नरहेको बताउनु भयो । उहाँले यसको स्पष्ट परिभाषा दिन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विकास भनेको के हो यसको परिभाषा चाहियो । परिभाषा पनि दिन नसक्ने कुराले अर्थ राख्दैन । विधेयकमा भित्र जेजे वस्तु राखिन्छ त्यसको सारसंक्षेप प्रश्तावना हो । भित्र छैन भने प्रश्तावनामा राखेर कुनै अर्थ हुँदैन ।’ 

समितिका अधिकांश सांसदहरुले विधेयकलाई प्रभावकारी बनाउने गरी निर्माण गर्नेपर्नेमा जोड दिएका छन् ।




भर्खरै