२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

जिम्मेवारीमा रहेका व्यक्तिहरुको कमजोरीले कुलिङ पिरियडमा छेडखानीः एमाले

जिम्मेवारीमा रहेका व्यक्तिहरुको कमजोरीले कुलिङ पिरियडमा छेडखानीः एमाले
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरुको गल्ती रहेको प्रतिवेदनले देखाएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताउनु भयो । आगामी दिनमा त्यस किसिमका काम नहोस् भनेर प्रतिवेदनले सुझाव दिएको बताउनु भयो । परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पारेको बताउनु भयो । पदअनुकुलका व्यवहारहरु कर्मचारीबाट हुनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी अवश्य भएको छ । आगामी दिनमा पनि नहोस् भनेर सुझाव दिनुभयो । परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पार्न खोज्नुभएको छ । पदअनुकुलका व्यवहारहरु पनि कर्मचारीको तहबाट जसरी गर्नुपर्छ त्यसरी प्रतिवेदनले बोल्न खोजेको छ । व्यक्ति विशेषका नाामहरु नतोकिएको देखिए पनि परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले आफूले गर्नुपर्ने दायित्व कसरी ध्यान दिनुपर्छ भन्ने पाटोलाई उजागर गरेको छ ।’

संसदीय समितिले कानून निर्माणमा होशियारी पूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।