काठमाडौँ । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरुको गल्ती रहेको प्रतिवेदनले देखाएको बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताउनु भयो । आगामी दिनमा त्यस किसिमका काम नहोस् भनेर प्रतिवेदनले सुझाव दिएको बताउनु भयो । परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पारेको बताउनु भयो । पदअनुकुलका व्यवहारहरु कर्मचारीबाट हुनुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी अवश्य भएको छ । आगामी दिनमा पनि नहोस् भनेर सुझाव दिनुभयो । परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पार्न खोज्नुभएको छ । पदअनुकुलका व्यवहारहरु पनि कर्मचारीको तहबाट जसरी गर्नुपर्छ त्यसरी प्रतिवेदनले बोल्न खोजेको छ । व्यक्ति विशेषका नाामहरु नतोकिएको देखिए पनि परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले आफूले गर्नुपर्ने दायित्व कसरी ध्यान दिनुपर्छ भन्ने पाटोलाई उजागर गरेको छ ।’
संसदीय समितिले कानून निर्माणमा होशियारी पूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।









