१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियड छेडखानी नियोजितः सभापति र सचिवले राजीनामा दिनुपर्छः माधव सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मंगलवार नै छानविन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ । सोही बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटीका रुपमा लिएको बताउनु भयो । समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाउनु भयो । उहाँले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्मय रहेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले गम्भीर त्रुटी भनेका छाँै, यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रुमपा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ ।’

कानूनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउनु भयो । –