१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म कुलिङ पिरियडकै पक्षमा छु, समितिले मेरो नाम लिएको छैनः रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पार्नुभयो । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको बताउनु भयो । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस् । कसको कसको त्रुटी भयो, नाम कसको कसको उल्लेख गरेको छ, त्यसपछि  कुरा गरौँ । कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा म छु । समितिले कतै रामहरि खतिवडाको नाम लिएको छ भने भन्नुहोला । सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड छ, त्यो कहाँ त्रुटी भयो छानविन गर भनेर मेरै अनुरोधमा छानविन भएको हो ।’

कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानविन समितिले आज प्रतिवेदन प्रतिनिधि सभामा प्रश्तुत गरेको छ ।