२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

विदेशमा लगानी गर्न दिन छिटै कानून बनाउँछौँः अर्थमन्त्री

विदेशमा लगानी गर्न दिन छिटै कानून बनाउँछौँः अर्थमन्त्री
photo : rss
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छिट्टै कानून बनाएर नेपालीहरुलाई विदेशमा लगानी गर्न दिने उद्घोष गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले विदेशमा लगानी गर्न नेपालीले नपाउने अहिलेको कानूनलाई हटाइने स्पष्ट पार्नुभयो । उहाँकाअनुसार बजेटमै नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने व्यवस्था गर्ने घोषणा गरिएको छ ।

उहाँले बजेटले प्रश्ताव गरेका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न सरकार अघि बढिसकेको बताउनु भयो । हाल विदेशमा लगानी गर्न प्रतिवन्ध ऐन, २०२१ को दफा ३ बमोजिम कसैले विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ । त्यसलाई सरकारले संशोधन गर्न लागेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो–‘नेपालीलाई विदेशमा लगानी खुल्ला गर्नका लागि  निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिदैँछ । यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने छ । विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिने छ ।’

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरु अहिले सबल नै रहेको संसदलाई जानकारी दिनुभएको छ । उहाँकाअनुसार बैंक तथा वित्तिय संस्थाहरुले गर्ने वित्तीय कारोबारका सन्दर्भमा बैंक तथा वित्तिय संस्थासम्बन्धि ऐनमा स्पष्ट भएकाले कानूनको अधिनमा रही उनीहरुले काम गरिरहेका छन । पौडेलले बैक तथा वित्तिय संस्था ऐन, २०७३ बमोजिम राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामध्ये २०८२ जेठ मशान्तसम्म २० वटा क वर्गका वाणिज्य बैंकहरु, १७ ओटा ख वर्गका विकास बैंक, १७ ओटा ग वर्गका वित्तिय कम्पनी, ५२ ओटा घ वर्गका लघुवित्त संस्था, १ पूर्वाधार विकास बैंक रहेको ससद्लाई जानकारी गराउनुभयो । उहाँका अनुसार संचालित केही वाणिज्य बैंकमा नेपाल सरकारको  स्वामित्व छ । बैंक तथा वित्तीय संस्थाहरुले वैंक तथा वित्तिय संस्था ऐन अनुसार नै लेखापरीक्षण गरेका छन ।

नेपाल राष्ट्र बैंकले समेत जोखिममा आधारित रही नियमित सुपरीवेक्षण गरिरहेको छ । बैक तथा वित्तीय संस्थाहरुको खराब कर्जामा पर्याप्त कर्जा नोक्शानी व्यवस्था गरिएकाले कर्जाको सन्दर्भमा जोखिम बढ्दो अवस्थामा नरहेको साथै अन्य सूचकांक जस्तै पुँजी पर्याप्ता अनुपात, तरलता अनुपात आदि अन्तर्राष्ट्रिय मापदण्डमा आधारित नै छन् ।