२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

गाईवस्तु, कुकुर र पंक्षीको भोक मेटाउँदै ‘रातामकै’ र ‘मुलासाग’

गाईवस्तु, कुकुर र पंक्षीको भोक मेटाउँदै ‘रातामकै’ र ‘मुलासाग’
अ अ+ अ-

बलराम प्यासी  
काठमाडौं । विश्वव्यापी महामारी कोभिड—१९ को कारण मुलुक ६२ दिनदेखि लकडाउनमा रहेको अवस्थामा वरिष्ठ हाँस्य कलाकारद्वय किरण केसी ‘रातामकै’ र सुरेन्द्र केसी ‘मुलासाग’ भने विपन्न सर्वसाधारणको मात्रै नभई गाईवस्तु, कुकुर र पंछिको पनि भोक मेटाउँदै छन् ।

वरिष्ठ हाँस्य कलाकारद्वयलाई कलाकार÷समाजसेवी मदुकुमार श्रेष्ठ तथा सिर्जनशीप सेवा प्रालिका अध्यक्ष सहदेव ‘संकल्प’ राउतले सो कार्यको लागि सघार्ईराखेका छन् । वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘रातामकै’ ललितपुरको प्रतिष्ठित व्यवसायीक संस्था ‘२१ ग्रुप’ का सञ्चालक र सद्भावनादूत समेत हुन भने सुरेन्द्र केसी ‘मुलासाग’ र समाजसेवी सहदेव ‘संकल्प’ राउत साझेदार हुन ।

आइतबारमात्रै वरिष्ठ हाँस्य कलाकारद्वय ‘रातामकै’, ‘मुलासाग’, कलाकार/समाजसेवी श्रेष्ठ र सिर्जनशीप सेवा प्रालिका अध्यक्ष राउतसहितको टोलीले पशुपति क्षेत्रमा भोकै रहेकासय भन्दा बढी सामुदायीक कुकुरलाई २० किलो कुखुराको मासु, ५० लिटर दुध र ३ सय २० पुरिया बिस्कुट खुवाएका छन् । यसैगरि पशुपति विकास क्षेत्र परिसरमा रहेका र सडकमा छोडिएका गरि गाई र वाच्छावाच्छीलाई जम्मा गरि २०० किलो मेवा, २०० किलो स्याउ, १०० किलो खरवुजा, २५ किलो गँहुको पिठो र २५ किलो मकैको पिठो खुवाएका छन् । 
सोही टोलीले पाटन मंगलबजारस्थित श्रीकृष्ण मन्दीर परिसरमा रहेका सयौं परेवालाई समेत दाना खुवाएका थिए । 

लकडाउन लगत्तै वरिष्ठ हाँस्य कलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’ काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा पुगेर विपन्न परिवारलाई राहत र खाद्यान्न वितरण गर्दै आएका थिए । 
यस्तो जटिल र विषम परिस्थितिमा पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी सर्वसाधारण, गाईवस्तु र पंछिको भोकप्यास मेट्ने अनुकरणीय कार्य गरेवापत वरिष्ठ हाँस्य कलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’ लाई केहीदिन अघि मात्रै ‘अमेरिकाको ग्लोबल नेपाली फिल्म एवार्ड २०२०’ समेत प्रदान गरेको थियो ।