• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी

गाईवस्तु, कुकुर र पंक्षीको भोक मेटाउँदै ‘रातामकै’ र ‘मुलासाग’



बलराम प्यासी  
काठमाडौं । विश्वव्यापी महामारी कोभिड—१९ को कारण मुलुक ६२ दिनदेखि लकडाउनमा रहेको अवस्थामा वरिष्ठ हाँस्य कलाकारद्वय किरण केसी ‘रातामकै’ र सुरेन्द्र केसी ‘मुलासाग’ भने विपन्न सर्वसाधारणको मात्रै नभई गाईवस्तु, कुकुर र पंछिको पनि भोक मेटाउँदै छन् ।

वरिष्ठ हाँस्य कलाकारद्वयलाई कलाकार÷समाजसेवी मदुकुमार श्रेष्ठ तथा सिर्जनशीप सेवा प्रालिका अध्यक्ष सहदेव ‘संकल्प’ राउतले सो कार्यको लागि सघार्ईराखेका छन् । वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘रातामकै’ ललितपुरको प्रतिष्ठित व्यवसायीक संस्था ‘२१ ग्रुप’ का सञ्चालक र सद्भावनादूत समेत हुन भने सुरेन्द्र केसी ‘मुलासाग’ र समाजसेवी सहदेव ‘संकल्प’ राउत साझेदार हुन ।

आइतबारमात्रै वरिष्ठ हाँस्य कलाकारद्वय ‘रातामकै’, ‘मुलासाग’, कलाकार/समाजसेवी श्रेष्ठ र सिर्जनशीप सेवा प्रालिका अध्यक्ष राउतसहितको टोलीले पशुपति क्षेत्रमा भोकै रहेकासय भन्दा बढी सामुदायीक कुकुरलाई २० किलो कुखुराको मासु, ५० लिटर दुध र ३ सय २० पुरिया बिस्कुट खुवाएका छन् । यसैगरि पशुपति विकास क्षेत्र परिसरमा रहेका र सडकमा छोडिएका गरि गाई र वाच्छावाच्छीलाई जम्मा गरि २०० किलो मेवा, २०० किलो स्याउ, १०० किलो खरवुजा, २५ किलो गँहुको पिठो र २५ किलो मकैको पिठो खुवाएका छन् । 
सोही टोलीले पाटन मंगलबजारस्थित श्रीकृष्ण मन्दीर परिसरमा रहेका सयौं परेवालाई समेत दाना खुवाएका थिए । 

लकडाउन लगत्तै वरिष्ठ हाँस्य कलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’ काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा पुगेर विपन्न परिवारलाई राहत र खाद्यान्न वितरण गर्दै आएका थिए । 
यस्तो जटिल र विषम परिस्थितिमा पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी सर्वसाधारण, गाईवस्तु र पंछिको भोकप्यास मेट्ने अनुकरणीय कार्य गरेवापत वरिष्ठ हाँस्य कलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’ लाई केहीदिन अघि मात्रै ‘अमेरिकाको ग्लोबल नेपाली फिल्म एवार्ड २०२०’ समेत प्रदान गरेको थियो ।