२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्नः नेपालीको सम्पतीको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?



अ+ अ-

काठमाडौँ । मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देश केकारणले ग्रेलिस्टमा परेको भन्दै अर्थमन्त्रीसँग जवाफ माग गर्नुभयो । उहाँले नेपालीहरुको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पती राख्न नपाउने कानून बनाउन अर्थमन्त्रीसमक्ष माग गर्नुभयो ।

सांसद सुवालले भन्नुभयो–‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन ? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन ? नेपालीको सम्पतीको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानूनी व्यवस्था भए सम्पती शुद्धिकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन ? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले केकस्तो काम गदैछ ?’

सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्शानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत बताउनुभयो ।