१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्नः नेपालीको सम्पतीको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?



अ+ अ-

काठमाडौँ । मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देश केकारणले ग्रेलिस्टमा परेको भन्दै अर्थमन्त्रीसँग जवाफ माग गर्नुभयो । उहाँले नेपालीहरुको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पती राख्न नपाउने कानून बनाउन अर्थमन्त्रीसमक्ष माग गर्नुभयो ।

सांसद सुवालले भन्नुभयो–‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन ? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन ? नेपालीको सम्पतीको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानूनी व्यवस्था भए सम्पती शुद्धिकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन ? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले केकस्तो काम गदैछ ?’

सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्शानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत बताउनुभयो ।