२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन होः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानूनी मान्यता दिनेगरी सरकारले कानूनी प्रवन्ध गर्न लागेकाे भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।

संविधान प्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धी महासन्धी विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताउनु भयो । उहाँले बहुविवाहालाई कानूनी मान्यता दिनेगरी कानून मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताउनु भयो ।

सांसद शर्माले भन्नुभयो– ‘जनयुद्ध जनअन्दोलन र सबैखाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यस सम्बन्धि प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरुले नस्वीकार्ने समेत स्पष्ट पार्नुभयो ।