२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडका सम्बन्धमा गठित छानविन समितिमाथि ठूला दलका शिर्ष नेताहरुले हस्तक्षेप गरेः सांसद कुँवर



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद  शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानविन समितिमाथि ठूला दलका शिर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानविन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको उहाँले बताउनुभएको हो ।

सांसद कुँवरले मिडियामा आएजस्तो यदी छानविन समितिमाथि हस्तक्षेप भएको भए त्यो खेदजनक रहेको बताउनु भयो । संसदीय छानविन समितिको समय सीमा सकिसकेको भएपनि प्रतिवेदन नआएको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद कुँवरले भन्नुभयो–‘असार २३ मा बनेको संसदीय छानविन समितिको सीमा सकिसकेको छ, अजै प्रतिवेदन आएको छैन । सुनिँदैछ, छानविन समितिमा पनि ठूला दलका ठूला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शिर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ । यदी यो हो भने खेदजनक छ ।’

उहाँले छिटो भन्दा छिटो प्रतिवेदन बाहिर ल्याउन समेत आग्रह गर्नुभयो ।