२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ वटा कन्टेनर नेपाल आउने वातावरण बनाऔँः बर्तौला

चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ वटा कन्टेनर नेपाल आउने वातावरण बनाऔँः बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढी,पहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यनाकर्षण गराउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागडी केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताउनु भयो । उहाँले तातोपानी नाकाबाट प्रत्येक दिन आठ÷दश वटा कन्टेनर नेपालतर्फ आउने जाने अवस्था रहेको बताउनु भयो । चाडपर्व आइराखेको सन्दर्भमा चीनबाट नेपाल आउने सामानहरु बढी ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो–‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरु पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ । नेपाल सरकारले चीनसँग आवश्यक रुपमा समन्वय गरेर ३०–३५ कन्टेनर बनाउँदा सहज हुन्छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

उहाँले केरुङ रसुवागढी नाका छिटो खुलाउनुपर्नेमा समेत जोड दिनुभयो ।