२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

सिद्धार्थ राजमार्ग २० घण्टादेखि अवरुद्ध, सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरु पास गराउन सांसद गैरेको माग

सिद्धार्थ राजमार्ग २० घण्टादेखि अवरुद्ध, सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरु पास गराउन सांसद गैरेको माग
अ अ+ अ-

काठमाडौँ ।नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठूलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध हुँदा यात्रुहरुको आगागमन प्रभावित हुनुका साथै मालबाहक गाडहरु समेत चल्न नसकेको बताउनुभएको हो ।

यात्रुहरु बाटोमा बिचल्लीमा पर्ने स्थीति आएको भन्दै सांसद गैरेले वैकल्पिक बाटो सञ्चालन गर्न तिनाउँ गाउपालिकासहित सुरक्षाकर्मीहरुले प्रयत्न गरेपनि सफल हुन नसकेको सांसद गैरेको भनाइ छ ।

संसदमा बोल्दै सांसद गैरेले भन्नुभयो–‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भाँसिएर स्थानीय जनजीवन प्रभावित बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ–राम्दी खण्डसहित ग्रामिण सडकहरु समेत पहिरोले बन्द भएका छन् । विद्यार्थीले पढ्न पाइरहेका छैनन् भने स्थानीयकोे आवाजजावत बन्द छ । सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँचीसम्म पुग्ने नागरिकले समस्या भोग्नुपरेको छ ।’

सांसद गैरेले सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग माग गर्नुभयो । सम्भव भएसम्म सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरु पास गराउन उहाँले माग गर्नुभयो ।