२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ राजमार्ग २० घण्टादेखि अवरुद्ध, सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरु पास गराउन सांसद गैरेको माग



अ+ अ-

काठमाडौँ ।नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठूलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध हुँदा यात्रुहरुको आगागमन प्रभावित हुनुका साथै मालबाहक गाडहरु समेत चल्न नसकेको बताउनुभएको हो ।

यात्रुहरु बाटोमा बिचल्लीमा पर्ने स्थीति आएको भन्दै सांसद गैरेले वैकल्पिक बाटो सञ्चालन गर्न तिनाउँ गाउपालिकासहित सुरक्षाकर्मीहरुले प्रयत्न गरेपनि सफल हुन नसकेको सांसद गैरेको भनाइ छ ।

संसदमा बोल्दै सांसद गैरेले भन्नुभयो–‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भाँसिएर स्थानीय जनजीवन प्रभावित बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ–राम्दी खण्डसहित ग्रामिण सडकहरु समेत पहिरोले बन्द भएका छन् । विद्यार्थीले पढ्न पाइरहेका छैनन् भने स्थानीयकोे आवाजजावत बन्द छ । सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँचीसम्म पुग्ने नागरिकले समस्या भोग्नुपरेको छ ।’

सांसद गैरेले सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग माग गर्नुभयो । सम्भव भएसम्म सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरु पास गराउन उहाँले माग गर्नुभयो ।