९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सोलर र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी छैनः कार्यकारी निर्देशक शाक्य

सोलर र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी छैनः कार्यकारी निर्देशक शाक्य
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरुमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताउनु भयो । सोलर, ब्याट्रिले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उहाँको भनाइ छ ।

यो ठूला जलविद्युतका हकमा रहेको उहाँले बताउनु भयो । राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिंचाई हुने ठाउँहरुमा चोरीको समस्या देखिएको बताउनु भयो । उहाँकाअनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएकोे छ । तराई, पहाडतिर सिंचाईमा सोलर जोडिनुपर्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भन्नुभयो– ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमाण्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रको पाछाडी लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमाण्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुप¥यो । हाम्रो राति त्यति बिजुली डिमाण्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति बिद्युत् खपत छैन ।’

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरुका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेतापनि पालिकाहरुले धेरै वर्षसम्म पनि विद्युत वक्यौता नतिर्ने गरेको बताउनु भयो । उहाँकाअनुसार बजेटमा नगरहरुले वक्यौता व्यवस्था गर्ने गरेका छैनन् । अब पालिकाहरुले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताउनु भयो । प्रशारण लाइका नजिक सोलर राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरुको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उहाँले पाइलट पोजेक्टका रुपमा खिम्तिमा शुरु भइसकेको बताउनु भयो ।