२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

भेरी र बबई नदीको जलस्तर खतराको तह भन्दा माथिः सुरक्षाकर्मी परिचालन गर्न कावाहक प्रधानमन्त्री सिंहको निर्देशन

भेरी र बबई नदीको जलस्तर खतराको तह भन्दा माथिः सुरक्षाकर्मी परिचालन गर्न कावाहक प्रधानमन्त्री सिंहको निर्देशन
अ अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिनुभएको छ ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तरले खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिनुभएको बताउनु भयो । उहाँले जनधनको क्षति हुन नदिन समयमै शतर्कता अपनाइ सुरक्षाकर्मीहरु जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिनुभउको बताउनु भयो । साथै मंगलावर (आज) महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाउनुभएको हो । त्यो बाहेक देशभर विपद्मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा छलफल गरेका छौँ । आजका लागि राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने भएकाले र जलस्तर बढेकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका सिडिओहरुलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभयो । राप्ती र बबईमा जलस्तर खतराको तह पार गरेको हुनाले सूचना जारी गरिसकेका छौँ । त्यही क्षेत्रमा कर्णाली र महकाली रहेकाले जलस्तर बढ्नसक्ने आँकलन छ । त्यो क्षेत्रका सबै नदीहरुमा सचेत रहन सूचना जारी गरिएको हो ।’

कार्यकारी प्रमुख भट्टकाअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिनुभएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यहाँको वस्तुस्थिति बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराउनुभएको छ ।