२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता दाजु–बहिनी मृत फेला



अ+ अ-

पाँचथर: छ दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् ।

यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राईको शव आज बिहान बिरुवा खोलामा फेला परेको हो । उनीहरुको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । छ दिनदेखि बेपत्ता दाजुबहिनीको खोजी भइरहेको थियो । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली सोमबार च्याङथापू पुगेको थियो ।

मृतक दाजु शिशिर कक्षा ४ र बहिनी कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन गर्दथे । परिवारले ढिलो खबर गरेका कारण उनीहरुको खोजी २४ घण्टापछि मात्रै सुरु भएको थियो । वडाध्यक्ष खालिङका अनुसार बिहान करिब ६ बजे बाबु बिर्खबहादुर छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई विद्यालय जानु भनेर पठाएका थिए । यता हजुरबुबा–हजुरआमा भने नातिनातिनी बाबुका साथ रहेको विश्वासमा दिनभरि आफ्नै काममा व्यस्त रहे । सधैँ घर आउने नातिनातिनी नआएपछि साँझ करिब ७ः०० बजे बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधेका थिए । दुवै घरमा नानीहरु नभएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको वडाध्यक्ष खालिङको भनाइ छ । मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन् ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार ती बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।रासस