काठमाडौं: उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पु¥याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताउनु भयो । उहाँले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि बताउनु भयो । विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौति पनि बढिरहेको उल्लेख गर्नुभयो । विद्युतको मागअनुसार सम्बोधन र व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो । व्यवस्थापनका लागि आवश्यक गृहकार्य हुन नसकेको पनि बताउनु भयो । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि बताउनु भयो । सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
मन्त्री खड्काले भन्नुभयो, ‘नेपालमा सौर्य विद्युत उत्पादनमार्फत नेपाल सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पु¥याउन नसकेको अर्थात ग्रिड नपुगेको ठाउँमा विकट ठाउँहरुमा यस संघको महत्वपूर्ण भुमिका रहेको छ । नेपाल सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान पु¥याइरहनुभएको छ । म प्रशंसा गर्न चाहन्छु । विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतिहरु सँगसँगै थपिरहेको छ । वातावरणीय असरका कुराहरु छन् । त्यसको सम्बोधन र समाधान गर्दै अघि बढ्नुपर्नेछ । विद्युत आपूर्तिको मागहरु बढेको छ । त्यसको सम्बोधन, व्यवस्थापन गर्नुपर्नेछ । व्यवस्थापनका लागि आवश्यक गृहकार्य जुन ढंगबाट अघि बढाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । त्यसको तिब्रता दिन जरुरी छ । हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्ने गरी, मुलुकको आय आर्जनसँग जोड्ने गरी काम गरिरहेको छ । त्यसकारणले सरकारले निश्चित लक्ष्य लिएको छ । १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत पु¥याउने र त्यसलाई सबै घर पु¥याउने, त्यसबाट विक्री गर्ने, मुलुकलाई र नागरिकलाई आयआर्जनसँग जोड्ने उद्देश्यका साथ सकारले काम गरिरहेको छ ।’
मन्त्री खड्काले वातावरणीय असर र चुनौतिहरु कायम रहेको भन्दै त्यसलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताउनु भयो । विद्युतको खपत, उपयोग भरपर्दो र सुरक्षित गर्नुपर्ने चुनौति रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल










