४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पलेशा र विजय हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी घोषित

पलेशा र विजय हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी घोषित
अ+ अ-

काठमाडौं : पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा आयोजना भएको पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो । कन्क्लेभमा पहिलो सेसनमा ‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ शीर्षकमा हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले सेसन मोडरेट गरेकी थिइन् । उक्त सेसनमा तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी पदकधारी खेलाडी एरिका गुरुङले आ-आफ्नो धारणा राखेका थिए ।

दोस्रो सेसन हाम्रो खेलकुदको सम्पादक प्रकाश तिमल्सिनाले ‘नेपाली खेलकुदमा यवुा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा मोडरेट गरे । उक्त सेसनमा पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकालले आ-आफ्नो अभिव्यक्ति दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सूर्य थपलियाले नेपालमा खेलकुद पर्यटनको सम्भावना र अबको बाटो बारेमा प्रस्तुति दिएका थिए । प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले हाम्रो खेलकुदले नेपाली खेलकुदमा गरेको योगदानको चर्चा गर्दै आगामी यात्राका लागि शुभकामना पनि दिए । हाम्रो खेलकुद संचालन गर्दै आएको सुदिप मिडिया एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष सुबास हुमागाईंले स्वागत मन्तव्य पनि दिएका थिए ।

पुरुषतर्फको अवार्ड विजय सिन्जालीलाई कार्यक्रमका पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठले अवार्ड वितरण गरे । उनले २५ हजार रुपैयाँ पनि प्राप्त गरिन् ।

पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धनलाई प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रदान गरे । तेस्रो थाउलो विश्वकपमा कास्य पदक विजेता उनले २५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।