१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको ऐतिहासिक जात्रामा मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध



अ+ अ-

जुम्ला। कर्णालीकै ऐतिहासिक र लामो जात्रालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले जात्रा अवधिभर मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यही साउन २५ गतेदेखि सुरु हुने जात्राको समग्र व्यवस्थापनमा महत्वपूर्ण निर्णयहरू गरेको हो।

जात्रा व्यवस्थापन समिति, सरोकारवाला निकाय र नागरिक समाजको सहभागिता रहेको बैठकले जात्रालाई सभ्य र सुरक्षित बनाउने उद्देश्यले मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

खलङ्गा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघलाई जात्राका दिनहरूमा खानेपानी आपूर्तिको जिम्मा दिइएको छ। जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकाले संयुक्त रूपमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्।

शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय जिम्मेवार रहनेछ भने नेपाल विद्युत प्राधिकरणले जात्रा अवधिभर लगातार विद्युत आपूर्ति गर्नेछ। नगरपालिकाले जात्राका प्रमुख स्थानहरूमा सीसीटीभी जडान गर्नेछ भने आपतकालीन अवस्थाका लागि वैकल्पिक मार्ग पनि तय गरिनेछ। एम्बुलेन्स र सुरक्षासम्बन्धी सवारीबाहेक अन्य सबै सवारी साधनलाई जात्रा क्षेत्रमा प्रवेश निषेध गरिने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी शर्माले जात्राको नाममा हुने विकृति र अव्यवस्था अन्त्य गरी समाजमा सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए। उनले जात्रालाई सभ्य बनाउन सबै पक्षको सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

वि.सं. १९५३ मा कृष्णवीर श्रेष्ठको पालादेखि सुरु भएको यो जात्रा आठ दिनसम्म मनाइन्छ। जात्रामा गाईजात्रा, रोपाइँ जात्रा, सानो पल्टन, ठूलो पल्टन, बाघ-भालु जात्रा, हुड्के नाच, मिमबास्सा, पल्टन जात्राजस्ता मौलिक प्रस्तुति देखाइन्छन्।

कर्णालीका विभिन्न जिल्लाहरू, नेपालगन्ज र काठमाडौंबाट समेत दर्शकहरू आउने यो जात्रा कर्णाली प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा लिइएको छ।