७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

जुम्लाको ऐतिहासिक जात्रामा मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध

जुम्लाको ऐतिहासिक जात्रामा मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
अ+ अ-

जुम्ला। कर्णालीकै ऐतिहासिक र लामो जात्रालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले जात्रा अवधिभर मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यही साउन २५ गतेदेखि सुरु हुने जात्राको समग्र व्यवस्थापनमा महत्वपूर्ण निर्णयहरू गरेको हो।

जात्रा व्यवस्थापन समिति, सरोकारवाला निकाय र नागरिक समाजको सहभागिता रहेको बैठकले जात्रालाई सभ्य र सुरक्षित बनाउने उद्देश्यले मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

खलङ्गा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघलाई जात्राका दिनहरूमा खानेपानी आपूर्तिको जिम्मा दिइएको छ। जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकाले संयुक्त रूपमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्।

शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय जिम्मेवार रहनेछ भने नेपाल विद्युत प्राधिकरणले जात्रा अवधिभर लगातार विद्युत आपूर्ति गर्नेछ। नगरपालिकाले जात्राका प्रमुख स्थानहरूमा सीसीटीभी जडान गर्नेछ भने आपतकालीन अवस्थाका लागि वैकल्पिक मार्ग पनि तय गरिनेछ। एम्बुलेन्स र सुरक्षासम्बन्धी सवारीबाहेक अन्य सबै सवारी साधनलाई जात्रा क्षेत्रमा प्रवेश निषेध गरिने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी शर्माले जात्राको नाममा हुने विकृति र अव्यवस्था अन्त्य गरी समाजमा सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए। उनले जात्रालाई सभ्य बनाउन सबै पक्षको सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

वि.सं. १९५३ मा कृष्णवीर श्रेष्ठको पालादेखि सुरु भएको यो जात्रा आठ दिनसम्म मनाइन्छ। जात्रामा गाईजात्रा, रोपाइँ जात्रा, सानो पल्टन, ठूलो पल्टन, बाघ-भालु जात्रा, हुड्के नाच, मिमबास्सा, पल्टन जात्राजस्ता मौलिक प्रस्तुति देखाइन्छन्।

कर्णालीका विभिन्न जिल्लाहरू, नेपालगन्ज र काठमाडौंबाट समेत दर्शकहरू आउने यो जात्रा कर्णाली प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा लिइएको छ।