३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा रिहा भएका प्रसाईंलाई स्वागत गर्न सांसद शर्मा डिल्लीबजार कारागारमा



अ+ अ-

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा भएपछि डिल्लीबजार कारागार फर्किँदा कांग्रेस सांसद डा. सुनिल शर्मा स्वागत गर्न पुगेका छन् ।

उच्च अदालत पाटनको आदेशपछि प्रसाईं सोमबार साँझ २८ लाख रुपैयाँ धरौटी बुझाएर कारागार पुगेका हुन् । अहिले कारागार प्रशासनले बाँकी कानुनी प्रक्रिया पूरा गर्दैछ ।

प्रसाईंविरुद्ध बैंकिङ कसुर र १५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित गरी दुईवटा मुद्दा दर्ता भएका थिए । दुवै मुद्दामा उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी तोकेको थियो । यस्तै, राजावादी आन्दोलनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

धरौटी बुझाएपछि प्रसाईं केहीबेरअघि मात्र डिल्लीबजारस्थित कारागार पुगेका हुन् ।