३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक समस्या निराकरणका लागि ध्यान र योग प्रभावकारी-मुख्यमन्त्री कार्की



अ+ अ-

झापा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानसिक समस्या समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताउनुभएको छ ।

यहाँको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग आश्रमको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ताजस्ता समस्या बढिरहेका बेला सोको समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताउनुभयो ।

“बालबालिकालाई बाल्यकालदेखि योग, ध्यान र आचरणको अभ्यास गराउन जरुरी छ”, उहाँले भन्नुभयो, “यसो गर्न सकिए भविष्यमा बालबालिकामा देखिन सक्ने मानसिक समस्या न्यूनीकरण गर्न मद्दत मिल्छ ।”

ओशो मधुवन ध्यान योग आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियाजन गरेको र थप सहयोगका लागि पहल गर्ने आश्वासन उहाँले दिनुभयो ।

विक्रम संवत् २०७४ मा स्थापना भएयता ओशो मधुवन ध्यान योग आश्रमले ध्यान, योग र साधना प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । रासस