१ भाद्र २०८३, सोमबार
,
Latest
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक समस्या निराकरणका लागि ध्यान र योग प्रभावकारी-मुख्यमन्त्री कार्की



अ+ अ-

झापा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानसिक समस्या समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताउनुभएको छ ।

यहाँको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग आश्रमको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ताजस्ता समस्या बढिरहेका बेला सोको समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताउनुभयो ।

“बालबालिकालाई बाल्यकालदेखि योग, ध्यान र आचरणको अभ्यास गराउन जरुरी छ”, उहाँले भन्नुभयो, “यसो गर्न सकिए भविष्यमा बालबालिकामा देखिन सक्ने मानसिक समस्या न्यूनीकरण गर्न मद्दत मिल्छ ।”

ओशो मधुवन ध्यान योग आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियाजन गरेको र थप सहयोगका लागि पहल गर्ने आश्वासन उहाँले दिनुभयो ।

विक्रम संवत् २०७४ मा स्थापना भएयता ओशो मधुवन ध्यान योग आश्रमले ध्यान, योग र साधना प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । रासस