१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश



file photo
अ+ अ-

काठमाडौं। उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले दिएको थुनामा पठाउने अघिल्लो आदेश उल्ट्याउँदै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

तीनकुने कुटपिट घटनामा अदालतले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनेको छ। यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

बैंकिङ मुद्दामा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको आर्थिक बिगो लागेको आरोप लगाइएको छ। अब उनी दुबै मुद्दामा धरौटी बुझाएर रिहा हुने कानुनी बाटो खुलेको छ।