२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नु भएको छ ।

सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएको राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गर्नुभएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचाेक, त्रिशुलचाेकलगायतका स्थानको अवलोकन गर्नुभएको थियो । साे क्रममा प्रतिनिधिसभा सद्स्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य काठमाडौं महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतकाे उपस्थिति रहेकाे थियाे ।