१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।

आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव २५, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ०६, वित्त शून्य दशमलव ८२, होटल तथा पर्यटन शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।

थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६ दशमलव ८९ प्रतिशतले बढेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।