१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले चन्द नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ ।

सोमवार बसेको स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताउनु भयो । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ । आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ ।’

प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको बताउनु भयो ।