काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ ।
सोमवार बसेको स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताउनु भयो । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ । आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ ।’
प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको बताउनु भयो ।










