१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि विधेयक गिरिबन्धुसँग जोडिएको छैनः भूमिमन्त्री अधिकारी



अ+ अ-

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रश्तावित भूमि विधेयक गिरिबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पार्नुभएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आईतवार भएको भूमीसम्बन्धी विधयेकको छलफलमा उहाँले अनावश्यक रुपमा गिरिबन्धुलाई भूमि विधेयकसँग जोड्न जरुरी नरहेको बताउनुभएको हो ।   विधेयकमा कहाँ गिरिवन्धु जोडिएको छ ? देखाइदिन पनि सांसदहरुसँग आग्रह गर्नुभयो । विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरु पनि नजोडिएको स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो– ‘भूमि विधेयकमा प्रश्तावित संशोधित विषयहरुमा छलफल गरौँ । सरोकारवालाहरुले आफ्ना विषयहरु राखिरहनुभएको छ । मैले पटकपटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं । हाउजिङका कुराहरु विधेयकमा ल्याएका छौं । त्यसमा गिरिबन्धुसहित अरु कुनै विषय नै जोडिएको छैन । सांसदहरुलाई गिरिवन्धु कहाँनेर विधेयकमा जोडिएको छ ? मलाई देखाउनु भनेर पटक पटक भनिरहेको छु । यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरिवन्धु जोडिएको छैन । यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन ।’

उहाँले गिरिबन्धुलाई जोडेर सांसद्हरुले भूमि विधेयकलाई प्रचार गर्न जरुरी नरहेको स्पष्ट पार्नुभयो । भुमीहीन, सुकुम्बासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने मन्त्री अधिकारीको भनाई रहेको छ ।