२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

दैनिक सयौँको संख्यामा नेपालबाट कस्तो जनशक्ति विदेश गइरहेको छ ?

दैनिक सयौँको संख्यामा नेपालबाट कस्तो जनशक्ति विदेश गइरहेको छ ?
अ अ+ अ-

काठमाडौँ । न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको संख्या ठूलो रहेको छ ।

देशमै सम्भावना नदेखेर विदेशीने क्रम बढ्दा मुलुकले ठूलो युवा श्रम शक्ति गुमाइरहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार हरेक दिन विदेशी रहेको जनशक्ति मध्ये अदक्ष मात्रै छैन् दक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए । जसमध्ये ९ सय ३७ जना धेरै दक्ष नेपालीहरु विदेशिएका छन् । त्यसमा महिला भन्दा पुरुष धेरै छन् । धेरै दक्ष भएर विदेशीका पुरुषको संख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो संख्या २४५ रहेको छ ।

त्यस्तै व्यवसायिक रुपमा जानेहरुको संख्या ४ हजार ३ सय ७२ रहेको छ । त्यसरी जसमध्ये पुरुष ३ हजार ७ सय ४९ पुरुष छन् भने ६ सय २३ जना महिला रहेका छन् ।  विदेश जाने अर्धदक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ । वैदेशिक रोजगार विभागले उपलव्ध गराएको तथ्यांक अनुसार ९९ हजार ७ सय २३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमध्ये ९० हजार भन्दा बढी पुरुष छन् भने अरु महिला छन् ।

यस्तै, सीप सिकेर विदेश जानेको संख्या पनि ठूलो रहेको छ । एक वर्षमा ५ लाख ६ हजार भन्दा बढी युवाजनशक्ति सीप सिकेर विदेश गएको छ । जसमध्ये पुरुषको संख्या हेर्ने हो भने ४ लाख ४७ हजार भन्दा बढी छ भने महिलाको संख्या ५९ हजार ७ सय ५४ रहेको विभागको तथ्यांकले देखाउछ । यस्तै सीप नसिकी विदेश जाने नेपालीको संख्या पनि ठूलो रहेको छ ।

वैदेशिक रोजगार विभागकाअनुसार एकै वर्षमा २२ लाख ७ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर सिप नै नसकि विदेशिएका छन् । सीप नसिकेर विदेसिने मध्ये पुरुषको संख्या ज्यादा छ । विभागको तथ्यांक अनुसार २ लाख २ हजार भन्दा बढी पुरुषहरु सीप नसिकी विदेश गएको देखिन्छ भने २४ हजार भन्दा बढी महिलाहरु सीप बिनै विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात १९.६३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७.०९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउने बताइरहँदा सीप नसिकी जानेहरुको संख्या घट्नुको साटो बढ्नु चिन्ताको विषय बनेको छ ।

विभागकाअनुसार गत आव २०८१/८२ मा  नेपालीहरु वैधानिक माध्यमबाट १५१ मुलुकमा रोजगारीमा गएका छन् । युएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा बढी श्रमिक जाँदा १२ वटा मुलुकमा एक जनामात्र श्रमिक गएका छन् ।

वैदेशिक रोजगार विभागसँग विदेशिनेको तथ्यांक रहने गरेपनि कति विदेश गएर उतै बसे कति फर्किए भन्ने यकिन तथ्यांक भने छैन । यो एक वर्षको अवधिमा खाडी मुलुकसहित युरोपेली मुलुकहरुमा समेत नेपालीहरु धेरै गएको विभागको तथ्यांकले देखाएको छ ।