२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदहरूले आपत्ति जनाउनुभएको हो ।

सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गर्नुभयो । “समाजमा महिलाहिंसाको दर उच्च छ । यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढङ्गले हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद रुपा सो.शी (चौधरी)ले पनि यो विषयको सत्यताका बारेमा प्रश्न उठाउँदै भन्नुभयो, “महिलाहरू आज पनि आफ्नो अधिकारका लागि सङ्घर्षरत छन्, त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय हो ।”

सांसद रमा कोइराला पौड्यालले पनि बहुविवाहसम्बन्धी कानुनी मस्यौदा संसद्मा नआइपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बहुविवाहसम्बन्धी विवादसँगै आजको बैठकमा किसानका समस्यालाई पनि प्रमुख रुपमा उठाइएको छ । सांसद रामप्रकाश चौधरीले तराई–मधेस क्षेत्रलाई विपद् सङ्कटग्रस्त घोषणा गरिए पनि किसानहरूले राहत महसुस नगरेको बताउनुभयो । “सिँचाइ अभाव, पुराना डिप ट्युवबेल बिग्रिएर काम नलाग्ने हुनु, सिँचाइका लागि पर्याप्त विद्युत् पूर्वाधार अभाव, मलखाद अभावजस्ता समस्याले किसान विचल्लीमा छन्”, उहाँले संसद्मा भन्नुभयो ।

सरकारले सहुलियतमा मल दिने भनिए पनि त्यो किसानको हातसम्म नपुगेको सांसद ईश्वरीदेवी न्यौपानेको भनाइ छ । सांसद रञ्जुकुमारी झाले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको र यस वर्ष अन्न उत्पादनमा गिरावट आउने देखिएको बताउनुभयो । तराई क्षेत्रमा पानीको अभाव हुन नदिने दीर्घकालीन समाधानका लागि चुरे संरक्षण र प्रभावकारी सिँचाइ आयोजना निर्माण जरुरी रहेको उहाँले बताउनुभयो ।

सांसद ज्वालाकुमारी साहले वीर अस्पतालमा चिकित्सकको सेवा सुविधा अपुग रहेको, लामो समयदेखि दरबन्दी नबढेको र चिकित्सकहरू न्यून सेवा सुविधाको भरमा सेवा दिइरहेको विषय सदनमा उठाउनुभयो ।

सांसद रामकुमार राई र सांसद ज्ञानु बस्नेत सुवेदीले सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै सवारीसाधनको प्राविधिक परीक्षण र सडक सुधारको माग गरे ।

सांसद कृष्णकुमार श्रेष्ठले सिमरा क्षेत्रका उद्योगहरूबाट निस्कने रासायनिक फोहरले स्वास्थ्य, पशुचौपाया र बालीमा असर पारिरहेको बताउँदै तत्काल व्यवस्थापनको माग गर्नुभयो ।

सांसद विजुला रायमाझीले अर्घाखाँचीमा बादर र बँदेलले बाली नष्ट गरिरहेको विषय उठाउँदै यसको स्थायी समाधान खोज्न सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग दोहो¥याउँदै विरोध जारी राखेका छन् ।

रास्वपाका सांसद असिम शाह र राप्रपा सांसद ध्रुवबहादुर प्रधानले सरकारमा रहेका मन्त्रीहरु नै एकपछि अर्को गरी भ्रष्टाचार तथा आर्थिक अनियमिततामा मुछिनु गम्भीर विषय रहेको धारणा राख्नुभयो । तर रास्वपा र राप्रपाको विरोधको औचित्य नरहेको धारणा आजको बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरे राख्नुभयो । “सरकारले छानबिन समिति गठन गरिसकेको अवस्थामा संसद बहिष्कार गर्नु उचित होइन । आफ्ना कुरा राख्ने र बैठक बहिस्कार गर्ने प्रतिपक्षी दलको विरोध औचित्यहीन छ । यस्ता गतिविधिले संसद्को मर्यादा कायम हुन सक्दैन”, घिमिरेले भन्नुभयो ।