२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

भिजिट भिसा प्रकरणमा सभामुख सरकारपक्षीय बनेको राप्रपाको आरोप

भिजिट भिसा प्रकरणमा सभामुख सरकारपक्षीय बनेको राप्रपाको आरोप
अ अ+ अ-

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भुमिकामाथि प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भुमिका खेलेको उहाँको आरोप छ ।

उहाँले भिजिट भिसा आफैँमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले भिजिट भिसा प्रकरणका कारण संसदमा रहेको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या भिजिट भिसाको होइन । समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन् । श्रम मन्त्रालयका विभिन्न संयन्त्रहरुले मानिसलाई विदेशमा पठाउने गरेका छन् । जसमा इमिग्रेसन पनि जोडियो जुन गृह मन्त्रालयमातहत रहेको छ । यसमा कमि कमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले यसको विरोध गर्दा व्यवस्था र संविधान विरोधी भनेर कार्यकारी व्यक्तिबाट अभिव्यक्ति आउनु एकदमै खेदजनक छ । हामी समाधान चाहन्छौं । सभामुखज्यूले पनि सहयोगका लागि आवश्यक के के गर्नुपर्ने हो ? गर्नुपर्यो । सरकारपक्षीय भएर सोचिदिनु भएन । त्यसको समाधान निकाल्नको लागि क्षमातावान हुनुहुन्छ सभामुख महोदय, त्यसतर्फ प्रयास गरौँ ।’

उहाँले भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन नगरेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने पनि बताउनु भयो ।