१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा गएका महिला श्रमिकको मृत्युपछि परिवार संकटमा, राज्य उदासिन



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपाली घरेलु महिला श्रमिकहरूको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक संकटमा परेको एक प्रतिवेदनले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्रले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताको कारण वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा गएका महिलाको मृत्यु भएपछि उनीहरुको परिवार संकटमा पर्ने गरेको देखाएको हो ।

१७ वटा घटनामा गरिएको अध्ययनले महिला श्रमिकको मृत्युमा राज्यको उपस्थिति नगयण्य रहेको उल्लेख गरिएको छ । मृतक महिला श्रमिकको शव नेपाल ल्याउन समय लाग्ने, खर्चिलो प्रक्रिया र नेपाली दूतावासहरूको सीमित सहयोग मात्रै पाइने गरेको उनीहरुका परिवारले गुनासो गरेका छन् । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको शिलशिलामा महिला श्रमिकको मृत्यु भएपछि साना बालबालिका र अभिभावक गम्भीर मानसिक समस्याबाट पीडित हुने गरेका छन् । राज्यले सहयोग नगर्दा वैदेशिक रोजगारीका लागि लिएको उच्च ब्याजको ऋण तिर्न नसक्दा परिवारहरू घरजग्गा बेच्न, बसोवास छाड्न बाध्य भएका छन् ।

अनौपचारिक माध्यमबाट गएकी महिलाको मृत्यु भएको खण्डमा, परिवारले सामाजिक लाञ्छना र बहिष्कार समेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक च्यानलमार्फत गएका महिलाहरूको मृत्युपछि शव ल्याउने प्रक्रिया अत्यन्त जटिल र अपारदर्शी रहेको पनि प्रतिवेदनमा उल्लेख छ । वैदेशिक श्रम बजारमा महिलाको योगदानलाई राज्यले औपचारिक मान्यता नदिने प्रवृत्तिले मृत्युपछि अवस्था झन् संवेदनशील बनाएको महिला पुर्नस्थापना केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा जाने महिला घरेलु श्रमिकहरुको सुरक्षाको लागि गतव्य मुलुकहरुमा सुरक्षा प्रणालीको सुदृढिकरण गर्नुका साथै सेवामूलक श्रमलाई कानूनी मान्यता दिन आवश्यक पर्ने कानून निर्माणमा जुट्न पुर्नस्थापना केन्द्रले सुझाव दिएको छ ।