२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा गएका महिला श्रमिकको मृत्युपछि परिवार संकटमा, राज्य उदासिन



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपाली घरेलु महिला श्रमिकहरूको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक संकटमा परेको एक प्रतिवेदनले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्रले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताको कारण वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा गएका महिलाको मृत्यु भएपछि उनीहरुको परिवार संकटमा पर्ने गरेको देखाएको हो ।

१७ वटा घटनामा गरिएको अध्ययनले महिला श्रमिकको मृत्युमा राज्यको उपस्थिति नगयण्य रहेको उल्लेख गरिएको छ । मृतक महिला श्रमिकको शव नेपाल ल्याउन समय लाग्ने, खर्चिलो प्रक्रिया र नेपाली दूतावासहरूको सीमित सहयोग मात्रै पाइने गरेको उनीहरुका परिवारले गुनासो गरेका छन् । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको शिलशिलामा महिला श्रमिकको मृत्यु भएपछि साना बालबालिका र अभिभावक गम्भीर मानसिक समस्याबाट पीडित हुने गरेका छन् । राज्यले सहयोग नगर्दा वैदेशिक रोजगारीका लागि लिएको उच्च ब्याजको ऋण तिर्न नसक्दा परिवारहरू घरजग्गा बेच्न, बसोवास छाड्न बाध्य भएका छन् ।

अनौपचारिक माध्यमबाट गएकी महिलाको मृत्यु भएको खण्डमा, परिवारले सामाजिक लाञ्छना र बहिष्कार समेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक च्यानलमार्फत गएका महिलाहरूको मृत्युपछि शव ल्याउने प्रक्रिया अत्यन्त जटिल र अपारदर्शी रहेको पनि प्रतिवेदनमा उल्लेख छ । वैदेशिक श्रम बजारमा महिलाको योगदानलाई राज्यले औपचारिक मान्यता नदिने प्रवृत्तिले मृत्युपछि अवस्था झन् संवेदनशील बनाएको महिला पुर्नस्थापना केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा जाने महिला घरेलु श्रमिकहरुको सुरक्षाको लागि गतव्य मुलुकहरुमा सुरक्षा प्रणालीको सुदृढिकरण गर्नुका साथै सेवामूलक श्रमलाई कानूनी मान्यता दिन आवश्यक पर्ने कानून निर्माणमा जुट्न पुर्नस्थापना केन्द्रले सुझाव दिएको छ ।