३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्युजिक कम्पनीको सीईओ बने सन्दीप लामिछाने



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टीमका स्टार सन्दीप लामिछाने म्युजिक कम्पनीको सीईओ बनेका छन् । ‘सान्सिक प्रोडक्सन’ नाम म्युजिक कम्पनीमा ४५ प्रतिशत सेयर हालेसँगै सन्दीप कम्पनीको सीईओ बनेका हुन् ।

कम्पनीका संस्थापक सीइओ भने अनमोल थापा हुन् । उनको ५५ प्रतिशत सेयर रहेको छ । यस कम्पनीले गीत उत्पादनका साथै म्युजिक भिडिओको निर्माण समेत गर्दै आएको छ ।

सन्दीपले क्रिकेटपछिको उनको पहिलो सोख संगीत रहेको बताउदै आएका छन् । उनले केही गीतहरु गाएर रेकर्ड पनि गराएका छन् ।

सन्दीपले सामाजिक सञ्जालमार्फत आफू सन्सीप्रोडक्सनको सिइओको रूपमा नयाँ यात्रा सुरु गरेको जानकारी दिदै भनेका छन्, ‘क्रिकेटरको रूपमा, संगीत सधैँ हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि गीतमार्फत हरेक भावना व्यक्त गर्नेसम्म, संगीतले हामीलाई जोडेको छ।’

प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्दै हृदयस्पर्शी संगीत सिर्जना गर्ने योजना रहेको बताउदै उनले अगाडि भनेका छन्, ‘तपाईंहरूको मायाको लागि आभारी छु। म नेपालको लागि मेरो सर्वोत्तम दिनेछु। मैदान र संगीत दुवैमार्फत।’

सन्दीप केही समयअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएका थिए ।