३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शान्तिसुरक्षा र विपद् व्यवस्थापनका लागि कठिबद्ध बनौँ’



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नजिकै आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी  कालोबजारी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उहाँले नागरिकले सहज एवं सुपथ मूल्यमा आवश्यक सामान प्राप्त गर्नका लागि कालोबजारी रोकथाम र बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको शान्तिसुरक्षाको अवस्था र विपद् व्यवस्थापनबारे जानकारी लिँदै आफ्नो क्षेत्रमा कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

बैठकमा हाल देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने काम र सीमा सुरक्षालगायत विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो । यस्तै, लागुपदार्थ बेचबिखन, ओसारपसार, रोकथाम, सडक सुशासन, सीमा क्षेत्रको तस्करी नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सुरक्षा समन्वय समितिको बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखका साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो । रासस