२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

‘शान्तिसुरक्षा र विपद् व्यवस्थापनका लागि कठिबद्ध बनौँ’

‘शान्तिसुरक्षा र विपद् व्यवस्थापनका लागि कठिबद्ध बनौँ’
फाइल फोटो
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नजिकै आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी  कालोबजारी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उहाँले नागरिकले सहज एवं सुपथ मूल्यमा आवश्यक सामान प्राप्त गर्नका लागि कालोबजारी रोकथाम र बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको शान्तिसुरक्षाको अवस्था र विपद् व्यवस्थापनबारे जानकारी लिँदै आफ्नो क्षेत्रमा कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

बैठकमा हाल देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने काम र सीमा सुरक्षालगायत विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो । यस्तै, लागुपदार्थ बेचबिखन, ओसारपसार, रोकथाम, सडक सुशासन, सीमा क्षेत्रको तस्करी नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सुरक्षा समन्वय समितिको बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखका साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो । रासस