३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ-शेखर कोइराला



अ+ अ-

मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आज यहाँ आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान कार्यक्रममा उहाँले राजनीतिक दलका नेता इमान्दार भए सङ्घीय गणतन्त्रको सफल कार्यान्वयन हुनुका साथै लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य डा कोइरालाले पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र सङ्कटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अर्को प्रसङ्गमा उहाँले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने आफ्नो सोच नरहेको तर सरकारले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान गठबन्धन सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले नागरिकको जीवनस्तर वृद्धिको अनुभूति हुने खालको कार्य गर्नुपर्छ ।”

नेता डा कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागार्इंले खेल्नु भएको भूमिकाबारे चर्चा गर्दै सबैले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो ।

पुस्ताकालयका अध्यक्ष रन्जितप्रकाश बुढाथोकी, पूर्वअध्यक्ष दिपक चापागार्इं तथा साहित्यकार दिनेशराज सुवेदीले गुराँस पुस्कालयको महत्त्व र प्रजातन्त्र स्थापनाका लागि चापागाईं परिवारको भूमिका विषयमा धारणा राख्नुभयो ।

विसं २०२७ सालमा विराटनगर–४ वरगाछीमा पुस्तकालय स्थापना गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री हरि सापकोटा, मोहम्मद अन्सारी र डा प्रमिला गच्छदारलाई सम्मान गरिएको थियो । रासस