१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ-शेखर कोइराला



अ+ अ-

मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आज यहाँ आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान कार्यक्रममा उहाँले राजनीतिक दलका नेता इमान्दार भए सङ्घीय गणतन्त्रको सफल कार्यान्वयन हुनुका साथै लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य डा कोइरालाले पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र सङ्कटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अर्को प्रसङ्गमा उहाँले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने आफ्नो सोच नरहेको तर सरकारले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान गठबन्धन सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले नागरिकको जीवनस्तर वृद्धिको अनुभूति हुने खालको कार्य गर्नुपर्छ ।”

नेता डा कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागार्इंले खेल्नु भएको भूमिकाबारे चर्चा गर्दै सबैले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो ।

पुस्ताकालयका अध्यक्ष रन्जितप्रकाश बुढाथोकी, पूर्वअध्यक्ष दिपक चापागार्इं तथा साहित्यकार दिनेशराज सुवेदीले गुराँस पुस्कालयको महत्त्व र प्रजातन्त्र स्थापनाका लागि चापागाईं परिवारको भूमिका विषयमा धारणा राख्नुभयो ।

विसं २०२७ सालमा विराटनगर–४ वरगाछीमा पुस्तकालय स्थापना गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री हरि सापकोटा, मोहम्मद अन्सारी र डा प्रमिला गच्छदारलाई सम्मान गरिएको थियो । रासस