काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरुको आकांक्षा पूरा नहुने बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरुको कामना पूरा नहुने स्पष्ट पार्नुभयो । उहाँले बैठकमा हुँदै नभएको छलफलहरु पनि सञ्चारमाध्यममा ठूलो शिर्षकमा राखिएको बताउनु भयो । उहाँले पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा रहेको पाएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बाहिरबाट पार्टी फुटोस् भनेर कामना गरेर बसेको त देख्छौँ । मिटिङमा पनि कसले के भने कसले के भने भनेर अतिरञ्जित गरेका कुराहरु त देखिरहेका छौँ । कतिपयले कामना त गरिरहेका छन् । तर त्यो पूरा हुँदैन । नभनेका कुराहरु ठूलो शिर्षकमा आए । पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा पनि रहेछ ।’
उपमहासचिव बस्नेतले पार्टीलाई अहित हुने काम गरेकाहरुले आत्मालोचना गर्नुपर्ने बताउनु भयो ।










