२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश किन बनेन ? समीक्षा हुनुपर्छः अध्यक्ष महतो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश विधि, व्यवस्था, शासन र संविधानबाट बन्ने भन्दै नेपालमा विधि, व्यवस्था, शासन र संविधान भएपनि बन्न नसकेको बताउनु भयो । उहाँले ७० वर्षमा सात वटा संविधान निर्माण भएपनि देश अझै बन्न नसक्नुबारे समीक्षा जरुरी रहेको बताउनु भयो । नेपाल किन बनेन भनेर देशभर नै छलफल हुनु जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधि र व्यवस्थाबाट देश बन्छ । शासन र संविधानले देश बनाउँछ । तर नेपालमा के विधि, व्यवस्था, शासन र संविधान छैन त ? तर यो हेर्दादेरी नेपालमा संविधान बनाउने कुरामा सातौँ हो । सात वटा संविधान बनाएका हौँ । ७० वर्षमा सात संविधान बनायौँ । व्यवस्था परिवर्तन भएको छ । राणातन्त्रबाट गणतन्त्रमा पुग्यौँ । पटक पटक संविधान र व्यवस्था परिवर्तन भयो । तर नेपाली जनताको अवस्था परिवर्तन भएन । संविधान, व्यवस्था फेरेकै हो । तर अवस्था किन फेरिएन, किन नेपाल बनेन ? यो सवाल महत्वपूर्ण छ । यसमा छलफल गर्नुपर्छ । ’

उहाँले नेपाल बनाउन नसकेको कुरा सबैले गर्ने गरेको तर नेपाल कसरी बनाउने भनेर कसैले भन्न नसकेको बताउनु भयो ।