१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख

ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख रहेको बताएको छ ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकपछि पुरानो संसद भवन अवलोकन गर्न पुगेको संसदीय समितिले पुनःनिर्माण कार्यलाई छिटो सक्न पनि निर्देशन दिएको हो ।

समिति सभापति मायाप्रसाद शर्माले ग्यालरी वैठक पुननिर्माणको अवस्था प्रगतिउन्मुख रहेको भएपनि समयमै सकिनेमा आशंका व्यक्त गर्नुभयो । पुरानो संसद भवन पुरातत्वसँग सम्बन्धित रहेको र यो इतिहासको रक्षा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसको कार्य प्रगति हेर्दा प्रगतिउन्मुख छ । बिग्रिएका सामानहरु खालि गराउने काम भएको छ । छिटो भन्दा छिटो यसिलाई सिध्याउनुपर्छ । पुरातत्वसँग सम्बन्धित यो संसद भवन हो । यसको रक्षा गर्न जरुरी छ । यो इतिहासको रक्षा हो । बनाउनेतिर गएको छ । यो खुशीको विषय हो । ढिला भएको छ । अब छिटो सक्नुपर्छ ।’

समितिले आज पुरातत्व विभागसँग ग्यालरी वैठकको पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल गरेको छ । साथै शहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी वैठक पुननिर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्थाबारे छलफल पनि छलफल गरेको छ ।