२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख



अ+ अ-

काठमाडौँ । संसदीय समितिले ग्यालरी बैठकको पुनःनिर्माण कार्य प्रगतिउन्मुख रहेको बताएको छ ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकपछि पुरानो संसद भवन अवलोकन गर्न पुगेको संसदीय समितिले पुनःनिर्माण कार्यलाई छिटो सक्न पनि निर्देशन दिएको हो ।

समिति सभापति मायाप्रसाद शर्माले ग्यालरी वैठक पुननिर्माणको अवस्था प्रगतिउन्मुख रहेको भएपनि समयमै सकिनेमा आशंका व्यक्त गर्नुभयो । पुरानो संसद भवन पुरातत्वसँग सम्बन्धित रहेको र यो इतिहासको रक्षा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसको कार्य प्रगति हेर्दा प्रगतिउन्मुख छ । बिग्रिएका सामानहरु खालि गराउने काम भएको छ । छिटो भन्दा छिटो यसिलाई सिध्याउनुपर्छ । पुरातत्वसँग सम्बन्धित यो संसद भवन हो । यसको रक्षा गर्न जरुरी छ । यो इतिहासको रक्षा हो । बनाउनेतिर गएको छ । यो खुशीको विषय हो । ढिला भएको छ । अब छिटो सक्नुपर्छ ।’

समितिले आज पुरातत्व विभागसँग ग्यालरी वैठकको पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल गरेको छ । साथै शहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी वैठक पुननिर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्थाबारे छलफल पनि छलफल गरेको छ ।