२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले भनेका कुरा गलत भए तत्काल भुक्तानी दिन्छु: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरुको भुक्तानी कुनैपनि समयमा दिन आफू तयार रहेको बताउनुभएको छ ।

आईतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले भनेका कुनैपनि कुराहरु गलत भए तत्काल भुक्तानी दिने बताउनु भयो । उहाँले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले सरकार शासक नभइ व्यवस्थापक र सेवक भएको बताउनु भयो । देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताउनु भयो । सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभइ जिम्मेवारसमेत बन्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गभर्मेण्ट भन्नेकुराको परिभाषा बदल्नुपर्छ । गभर्मेण्ट शासक होइन, व्यवस्थापक हो र सेवक हो । देशमा सुशासन र विकास दिने काम सरकारको हो । त्यसको बन्दोबस्त गर्ने काम सरकारको हो । एउटा जिम्मेवार सरकार जनताप्रति उत्तरदायी मात्रै होइन जिम्मेवार हुन्छ । कर्तव्यबाट निर्देशित सरकार जिम्मेवार हुनुपर्दछ । सरकारमा जो छ उनीहरुमा कर्तव्यबाट जिम्मेवार हुनुपर्छ र उनीहरुले देश र जनताप्रति जिम्मेवारी लिनुपर्छ । रिस उठेका मानिसहरुलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । तथ्यका आधारमा चुनौतिका साथ म भन्छुः अहिले मैले भनेका कुराहरुमा नेपाल राष्ट्र बैंकले छापेका नोटहरुमा हुन्छ, कसैले भुक्तानी माग्न आएमा रुपैयाँ यति तत्काल भुक्तान दिइनेछ । मैले भनेका कुराहरुमा पनि तत्काल भुक्तान दिनेछु, यदी मिलेन भने । अब गालीगलौज गर्न त शब्दकोष पल्टाइ पल्टाइ खोजेर गरे हुन्छ । के फरक पर्छ र ?’

प्रधानमन्त्री ओलीले आफूमाथि कसैलाई पनि गाली गर्नुछ भने शब्दकोष पल्टाएर शब्द खोजि खोजि गाली गर्न पाइने पनि बताउनु भयो ।