२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै हुनुहुन्छ । त्यसअघि बैठक बस्न लागेको हो ।

बैठकका लागि मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली भने बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने बुझिएको छ ।