७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य परीक्षणमा ऐतिहासिक सफलताः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन



अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीजबाट ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन (प्रत्यायन) प्राप्त गर्दै नेपालकै सबैभन्दा ठूलो प्रमाणित खाद्य प्रयोगशालाको मान्यता पाएको छ ।

विभागले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल गरी कुल ८१४ परीक्षण प्यारामिटरमा प्रत्यायन प्रमाणपत्र  गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाल र भारतबीच भएको समझदारीअन्तर्गत भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डड्र्स अथोरिटी अफ इण्डियाले २०८१ चैत्र २२ मा परीक्षण गरी जारी गरिने प्रमाणपत्र र खाद्य गुणस्तर तथा स्वच्छता निर्यात प्रमाणपत्रलाई आधिकारिक मान्यता दिएको हो ।

उहाँले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारी जस्ता ८ प्रकारका खाद्य वस्तुहरूमा प्रयोगशालाको प्रमाणपत्रलाई मान्यता दिने निर्णय लिएको छ । उहाँले २२ वटा खाद्य तथा दाना समूहहरू अन्तर्गत प्रयोगशालामा परीक्षण हुने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरहरूमा पनि प्रत्यायन प्रमाणपत्र प्राप्त गरिएको बताउनु भयो ।

यो उपलब्धिले नेपाललाई खाद्य परीक्षणको अन्तरराष्ट्रिय विश्वसनीयता प्राप्त राष्ट्रको रूपमा स्थापित गर्ने दिशामा सहयोग पुर्याउने महर्जनको विश्वास छ ।