१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

भूमि वितरण प्रक्रिया पारदर्शी हुन्छः सचिव शर्मा

भूमि वितरण प्रक्रिया पारदर्शी हुन्छः सचिव शर्मा
अ अ+ अ-

काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले भूमि वितरण प्रक्रिया पारदर्शी बनाउन भूमि विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव शर्माले विगतमा भइरहेको मनपरी र शंकास्पद रुपमा भूमि वितरणको निर्मुल पार्न विधेयक महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले स्थानीय तहमार्फत विस्तृत छानबिनपछि मात्रै वास्तविक भूमिहीनहरूलाई जग्गा वितरण गरिने व्यवस्था विधेयकमा रहेको भन्दै अनावश्यक शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भूमि वितरणको हकमा अरुले पाउँछन् कि भन्ने जुन आशंका छ त्यो निराकरण हुन्छ । स्थानीय सरकार नै मिल्यो भने त हामीले भन्नसक्ने अवस्था भएन । हामीले जनप्रतिनिधिलाई विश्वास गर्ने हो । स्थानीय तहले छानविन गरेर पेश गरेको प्रतिवेदनको आधारमा भेरिफिकेसन गरेर अन्यत्र जग्गा भए नभएको पहिचान गरेर भूमि वितरण हुने हो । त्यसकारण विगतमा जग्गा वितरणमा जति पनि आशंका गरिएको छ । अब वितरण हुने जग्गाको सन्दर्भमा रियलिस्टिक हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’

उहाँले मालपोत कार्यालयमा भूमि भए नभएको पुष्टि गरेर मात्र वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउन विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।