६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओभल टेस्टमा इङ्ग्ल्याण्डलाई थप ३२४ रन आवश्यक, भारतले दियो ३७४ को लक्ष्य



अ+ अ-

काठमाडौँ । एन्डरसन–तेन्दुलकर ट्रफीको पाँचौं टेस्ट भारत र इङ्ग्ल्याण्डबीच लन्डनको ओभल स्टेडियममा खेल भइरहेको छ । इङ्ग्ल्याण्डले ३७४ रनको लक्ष्य पाएको छ । खेलको तेस्रो दिन भारत आफ्नो दोस्रो इनिङमा ३९६ रनमा अलआउट भएको थियो । यशस्वी जयस्वालले शतक बनाए ।

आकाश दीप, रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले अर्धशतक बनाए । इङ्ग्ल्याण्डले १ विकेटको क्षतिमा ५० रन बनाएको छ । दोस्रो दिनको खेल आज दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

इङ्ग्ल्याण्डले लक्ष्य हासिल गर्न अझै २ दिनको खेल बाँकी छ । भारतले यसमा केवल ८ विकेट लिनु पर्नेछ, किनभने टोलीका क्रिस वोक्स चोटका कारण टेस्टबाट बाहिर छन् ।

भारतले खेलको तेस्रो दिन ७५र२ को स्कोरबाट पुन: सुरु गर्यो । आकाश दीपले अर्धशतक बनाए, उनी पहिलो सत्रमा ६६ रन बनाएपछि आउट भए । यो उनको अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक थियो ।

दोस्रो सत्रमा भारतले ३ विकेट गुमायो । कप्तान शुभमन गिल ११ रन बनाएर आउट भए, करुण नायर १७ र यशस्वी जैसवालले ११८ रन बनाए । जैसवालको इनिङमा ३ क्याच छुटे, तर पनि उनी क्याचबाट आउट भए ।

तेस्रो सत्रमा रविन्द्र जडेजाले ध्रुव जुरेलसँग मिलेर इनिङ सम्हाले । दुवैले टोलीको स्कोर ३०० भन्दा माथि पुर्‍याए । जुरेल ३४ रन बनाएर आउट भए । वाशिंगटन सुन्दरले जडेजासँग साझेदारी गर्दै टोलीलाई ३५० भन्दा माथि पुर्‍याए ।

जडेजा ५३ रन बनाएर आउट भए । उनीपछि मोहम्मद सिराजले आफ्नो खाता पनि खोल्न सकेनन् । अन्तत: वाशिंगटन सुन्दरले ५३ रन बनाएर अग्रता ३७३ मा पुर्‍याए । इङ्ल्यान्डका लागि जोश टङ्गुले ५ विकेट र गस एटकिन्सनले ३ विकेट लिए । जेमी ओभरटनले २ विकेट लिए ।

तेस्रो सत्रमा इङ्ग्ल्याण्डले आफ्नो दोस्रो इनिङ सुरु गर्यो । टोलीले १ विकेट गुमाएर ५० रन बनायो । बेन डकेट ३४ रनमा अविजित रहे । ज्याक क्राउली १४ रन बनाएर आउट भए, उनी दिनको अन्तिम ओभरमा मोहम्मद सिराजको बलमा बोल्ड भए ।