२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्तः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताउनुभएको छ । आईतवार ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरु समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृति र प्रशासनिक गतिविधिको केन्द्र भएको बताउनु भयो । सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लान यता यातायातको अवस्था निकै बिग्रिएको  बताउनु भयो । बढ्दो सवारीसाधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदुषण बढेको बताउनु भयो ।

यसले दैनिक यातायातलाई मात्र नभइ आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको जिकिर गर्नुभयो । नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औं आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको बताउनु भयो । काठमाडौं उपत्यका शहरी यातायात प्रणाली मास्टरप्लान परियोजनाले ट्राफिक जाम, वायु प्रदुषण जस्ता महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको बताउनु भयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘हाम्रो नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औं आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको छ । काठमाडौं उपत्यका शहरी यातायात प्रणाली मास्टरप्लान परियोजना यि आकांक्षाहरुसँग पूर्ण रुपमा जोडिएका छन् । ट्राफिक जाम, वायु प्रदुषण जस्ता महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्दै यो परियोजनाले दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको छ । जसले हाम्रा नागरिकको जीवनस्तरमा सुधार ल्याउनेछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरु समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृति र प्रशासनिक गतिविधिको केन्द्र हो । तर यहाँको यातायात प्रणाली निकै समस्याग्रस्त रहेको छ । सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लान यता यातायातको अवस्था निकै बिग्रिएको छ । बढ्दो सवारीसाधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदुषण बढेको छ । यि कारणहरुले दैनिक यातायातलाई मात्रै होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ ।’

मन्त्री दाहालले अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै बिग्रिने जिकिर गर्नुभयो ।