४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय खेलाडीलाई पराजित गर्दै नेपालका रविन्द्र म्याट्रिक्स फाइट नाइट च्याम्पियन



अ+ अ-

काठमाडौँ । भारतीय खेलाडीलाई पराजित गर्दै नेपाल (बझाङ)का रविन्द्र ढाँटले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७) को उपाधि जितेका छन् ।

भारतमा नोएडामा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन् ।

नेपालबाट एमएफएनको च्याम्पियन बन्ने रविन्द्र पहिलो नेपाली फाइटर हुन् । आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्स (एमएमए)मा ढाँटले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जिते ।

रेफ्रीले तेस्रो राउन्डमा रविन्द्रले प्रहार गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रविन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरे ।

यो जितसँगै रविन्द्रको प्रफेसनल रेकर्ड ८–१ पुगेको छ । उनले भारतीय च्याम्पियन रहेका कोरेनको लगातारको पाँच पटकको विजेता जर्नीमा पुर्णविराम लगाइदिए ।