२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्ताका लागि काम गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताका लागि अहिले काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्ने भन्दै महिलालाई सबै क्षेत्रमा अघि बढ्न आह्वानसमेत गर्नुभएको छ ।

मोरङ समाज काठमाडौंले आज काठमाडौंमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेपाल सबै हिसावले उर्वर भूमि भएको बताउनुभयो । उहाँले आजको पुस्ता देश छाडेर किन गइरहेको छ भन्ने विषय आफ्नो पुस्ताका लागि चुनौती भएको बताउनुभयो । युवालाई देशमै बसेर केही नयाँ काम गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

दिगो विकासको धारणाअनुसार र नयाँ पुस्ताको लागि काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु देशको आधार हिस्सा भएको भन्दै महिला विना संसार अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । ‘कोक्रो हल्लाउने हातले संसार उल्लाउन सक्छ,’ उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिक इतिहासमा मोरङ जिल्लाले ठूलो योगदान दिएको स्मरणसमेत गर्नुभयो । ‘मोरङ जिल्लाबाट देशमा सबभन्दा धेरै व्यक्ति प्रधानमन्त्री हुनुभएको छ, देशलाई योगदान दिनुभएको छ,’ उहाँले भन्नुभयो ।