२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्ताका लागि काम गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताका लागि अहिले काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्ने भन्दै महिलालाई सबै क्षेत्रमा अघि बढ्न आह्वानसमेत गर्नुभएको छ ।

मोरङ समाज काठमाडौंले आज काठमाडौंमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेपाल सबै हिसावले उर्वर भूमि भएको बताउनुभयो । उहाँले आजको पुस्ता देश छाडेर किन गइरहेको छ भन्ने विषय आफ्नो पुस्ताका लागि चुनौती भएको बताउनुभयो । युवालाई देशमै बसेर केही नयाँ काम गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

दिगो विकासको धारणाअनुसार र नयाँ पुस्ताको लागि काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु देशको आधार हिस्सा भएको भन्दै महिला विना संसार अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । ‘कोक्रो हल्लाउने हातले संसार उल्लाउन सक्छ,’ उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिक इतिहासमा मोरङ जिल्लाले ठूलो योगदान दिएको स्मरणसमेत गर्नुभयो । ‘मोरङ जिल्लाबाट देशमा सबभन्दा धेरै व्यक्ति प्रधानमन्त्री हुनुभएको छ, देशलाई योगदान दिनुभएको छ,’ उहाँले भन्नुभयो ।