१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको ब्यबस्था र प्रणालीसङ्ग जनता असन्तुष्ट छन्, बर्षा पछि आन्दोलन हुन्छ- कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम ब्यबस्था र प्रणालीसङ्ग जनता असन्तुष्ट रहेको भन्दै संविधानले दिएको अधिकार अनुसार नै बर्षा सिजन पछि ब्यबस्था परिबर्तनको लागि आन्दोलन हुने बताएका छन् ।

आज पार्टीको काठमाडौं -७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै सर्बेसर्बा हुने हुँदा जनताको परिबर्तनको चाहनालाई कुनै शक्तिले रोक्न नसक्ने स्पष्ट पारे । गत जेठमा भएको आन्दोलनमा तयारी , गृहकार्य, समन्वय र रणनीतिमा केही अभाब भएको कारण टुंगोमा नपुगेको भन्दै थापाले अब पुर्ण तयारीका साथ आन्दोलनको आबश्यकतामा जोड दिए ।

समान बिचार राख्ने र परिबर्तनको हुटहुटी भएकाहरुको बीच गम्भीर चिन्तन, तयारी र स्पष्ट कार्यदिशा सहित अघि बढ्नु समयको माग भएको भन्दै थापाले अहिलेको ब्यबस्थाले मुलुकको स्वाधिनता, अखण्डता, समृद्धिको चाहना पूरा हुन नसक्ने दाबी गरे ।

“भ्रष्ट उत्पादन गर्ने ब्यबस्था टिक्दै टिक्दैन , जनताले बिद्रोह गर्छन् ” थापाले थपे – सबै क्षेत्र लथालिङ्ग छ , मनपरितन्त्र र सर्बसत्ताबादी चिन्तन बोकेर अधिनायकवादि बाटोमा हिड्नेहरुलाई जनताले नसिहत दिने उनको भनाई थियो ।

आगामी निर्बाचनबाट जनताले मत र मन दुबै परिबर्तन गर्ने ठोकुवा गरे । भेलाले लाक्पा शेर्पाको अध्यक्षता २१ सदस्यीय क्षेत्रीय समिती निर्बाचित गरेको छ । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , अमर केशी, प्रदिप कार्की, उज्वल पोखरेल लगायले बोलेका थिए ।